गएको १८ महिनामा ५ हजार बालबालिका बेपत्ता

Bepatta

काठमाडौं । देशका विभिन्न ठाउँबाट बालक हराउने र कतिपय बालबालिका सम्पर्कमै समेत नआउने गरेका छन् ।

प्रहरीका अनुसार कतिपय बालबालिका अपहरणमा परेर मारिएका समेत हुन्छन्, तर परिवारलाई थाहा नै हुँदैन ।

बालबालिका खोज तलास समन्वय केन्द्र भृकुटीमण्डपका अनुसार आर्थिक वर्ष २०७४/७५ र चालु आर्थिक वर्ष ०७५/७६ को पुषसम्म मात्रै देशभरबाट एक हजार चार सय ८३ बालक र तीन हजार पाँच सय ७२ बालिका हराएको उजुरी परेका छन्।

बनेपा नगरपालिका वडा-७ धनेश्वरका १३ बर्षका सुवोध गौतम हराए । दिउँसो १ बजेतिर घरबाट निस्किएका उनलाई हराएको चार दिनपछि काठमाडौंको गौशलाबाट प्रहरीले फेला पारेर आफन्तलाई जिम्मा लगायो ।

गौतम बनेपा काठमाडौं चल्ने बसमा साथीको लहैलहैमा काठमाडौं पुगेका थिए । काठमाडौं पुगेपछि हुलियाको आधारमा प्रहरीले खोजी गर्दा उनी गौशालामा भेटिएका हुन् ।

यसरी नै साउन २९ गते काठमाडौंको गोंगबु नयाँ बसपार्कबाट एउटा बालक हराएको सूचना प्रहरीमा पुग्यो ।

तनहुँ शुक्लागण्डकी नगरपालिकाका निवासी सीता महतले आफ्ना नौ वर्षीय छोरा हराएको उजुरी प्रहरीमा दिएकी थिइन् ।

प्रहरीको दिनभरीको खोजी कार्य पछि बालक राति आठ बजे सम्पर्कमा आएका थिए । सुरुमा प्रहरीलाई बालक अपहरणमा परेको सूचना आएको थियो । अपहरणको खबरले प्रहरीले खोजी तीब्र पारेको थियो ।

तर घटनाको अनुसन्धान गर्दै जाँदा घरायसी झगडाका कारण बालककी आमाले छोरालाई छाडेर गएको खुल्यो । प्रहरीको सक्रियताले बालक त्यही दिन राति आठ बजे फेला परेका थिए ।

यसमध्ये सात सय १२ बालक र एक हजार २२ बालिका मात्र फेला परेको र सात सय ७१ बालक र दुई हजार पाँच सय ५० बालिका अझै वेपत्ता रहेको खोजतलास केन्द्रका प्रमुख मोहनबिक्रम दाहालको भनाइ छ ।

’बालबालिका हराएका परिवारले आफ्ना बालबालिका हराउँदा मात्रै प्रहरी र बालबालिका खोज तलास समन्वय केन्द्रलाई जानकारी गराउने भेटिएपछि सम्पर्कमै नआउने प्रवृतिले हराएकाको तथ्यांक बढी देखिने गरेको छ,’ दाहालले भने ।

त्यस्तै खोजतलास केन्द्रका अनुसार दुई आर्थिक वर्षमा चार सय ४५ बालक र दुई सय ५२ बालिका बेवारिसे अवस्थामा फेला परेको जनाएका छन् ।

यसमध्ये २५३ बालक र १५१ बालिकाको परिवार खोजेर पुनर्मिलन गरेको प्रहरीले जनाएको छ। बाँकीलाई केन्द्रमै राखेर परामर्श दिइएको छ ।

बालबालिका खोजतलास समन्वय केन्द्रको तथ्यांकअनुसार उपत्यकाबाट सबैभन्दा बढी बालबालिका हराउँछन् । यो सातै प्रदेशको भन्दा बढी हो ।

केन्द्रको तथ्यांकअनुसार दुई आर्थिक वर्षमा उपत्यकाबाट २९० बालबालिका हराएका छन् । केन्द्रका अनुसार देशभरका मानिसको बसोबास उपत्यका रहेको र ठूलो शहर भएका कारण पनि उपत्यकाबाट बालबालिका धेरै हराउने गरेका हुन् ।

२०६३ सालबाट खोजतलास समन्वय केन्द्रले हराएका बालबालिकाको खोजी कार्य सुरु गरेको थियो ।

बालबालिका खोजतलास केन्द्रले हराएका बालबालिको खोजी मात्र नभएर वेबारिसे बालबालिको पुर्नस्थापनासमेत गर्ने गरेको केन्द्रका प्रमुख दाहलले बताए । जसको कारण बेवारिसे बालबालिकाको अवस्थामा सुधार आएर विभिन्न रोजगारी समेत लागेको उनको भनाइ छ ।

केन्द्रका अनुसार बेवारिसे अवस्थामा फेला परेका बालबालिकालाई ‘बालबालिका खोज तलास समन्वय केन्द्रमै राखेर उनीहरुको पारिवारिक अवस्थाबारे बुझ्ने र पत्ता लाग्यो भने घर पठाउने पत्ता लागेन भने बालबालिकालाई संस्थागत संरक्षणमा राखेर परामर्श गराउने गरेको हो ।

बालबालिका हराए खोजतलास समन्वय केन्द्रको १०४ हटलाइमा सम्पर्क गर्न सकिन्छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...