गाडी बनाउन निस्केका मानिस गाडीमै मृत फेला, घटनामा संलग्न ४ जना पक्राउ

Mirtu 1

भक्तपुर । गाडी बनाउन भनि घरबाट निस्केका भक्तपुरका एक युवा आफ्नै गाडीमा मृत फेला परेका छन् ।

भक्तपुर सूर्यविनायक नपा-८ सिपाडोल बस्ने २६ वर्षिय निकेश भुजु गाडीमा मृत फेला परेका छन् ।

गाडी बनाउन भनि घरबाट ४ वर्षे छोरा सहित बा.५ च ६४२१ नम्वरको निलो मारूती लिएर हिँडेका भुजु शनिबार साँझ मृत फेला परेका हुन् ।

गाडी बनाउन बिहान ९ बजे घरबाट हिँडेका बाबुछोरा साँझसम्म पनि सम्पर्कमा नआएपछि भुजुकी श्रीमती सृजनाले प्रहरीमा उजुरी दिएकी थिइन् ।

भुजुकै उजुरीका आधारमा प्रहरीले महानगरीय प्रहरी वृत्त जगातीले खोजतलास गर्दै जादाँ साँझ ६स् ४५ बजे फेला पारेको थियो ।

प्रहरीले पिछा गरेपछि गाडीबाट छोरा निस्किएको र गाडीलाई नियन्त्रणमा लिँदा गाडी भित्र निकेश भुजु अचेत अवस्थामा फेला परेका थिए ।

उनलाई तत्कालै सोही गाडीमा राखी उपचारका लागि भक्तपुर अस्पताल लगिए पनि चिकित्सकले मृत घोषित गरेका थिए ।

प्रारम्भिक अनुसन्धान पछि प्रहरीले घटनामा संलग्न ४ जनालाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सुशील कुमार पाण्डेले जानकारी दिए ।

पक्राउ परेकालाई महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा राखी थप अनुसन्धान निमित्त सूचना अधिकृत समेत रहेका पाण्डेले जानकारी दिए ।

पक्राउ पर्नेहरूमा चाँगुनारायण नगरपालिका वडा नं. ८ बस्ने २५ वर्षिय सुमन बाला, दाङ हापुर गाउँपालिका वडा नं. ४ का १९ वर्षिय भुप बहादुर रोका, सिन्धुपाल्चोक मार्मिङ गाउँपालिका वडा नं. १ ट्याङथली घर भई हाल चाँगुनारायण नगरपालिका वडा नं.९ ताथली बस्ने २६ वर्षिय किरण श्रेष्ठ र चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथली बस्ने २१ बर्षिय २१ सुकु भन्ने राज बनमाला छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...