मोटरसाईकल दुर्घटनाका घाइतेको उपचारका क्रममा ज्यान गयो

Mirtu

दाङ । मोटरसाइकल दुर्घटनामा परी घाईते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ जसपुर निवासी ४२ वर्षीय सन्तोष देवकोटाको आइतबार बिहान १ बजेतिर भारतको लखनउमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

गत शुक्रबार बेलुका पौने ८ बजेतिर तुलसीपुर १२ टरिगाउँ एयरपोर्टको मोडमा रा २ प ७४ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा सन्तोष घाइते भएको थिए । मोटरसाइकल चालक श्रीधर बस्नेतको अवस्था भने सामान्य रहेको छ ।

दुर्घटनालगत्तै दुबै जना मोटरसाइकल चढेर घरतर्फ गएका थिए। तर घर नजिकै पुगेलगत्तै देवकोटाले वान्ता गरेपछि उनलाई तुरुन्त राप्ती अञ्चल अस्पताल पुर्याइएको थियो ।

त्यहाँ पनि उपचार सम्भव नभएपछि बाँकेको कोहलपुर ‘रेफर’ गरियो र त्यहाँबाट पनि भारतको लखनउ ‘रेफर’ गरिएकोमा देवकोटाका आइतबार बिहान मृत्यु भएको जानकारी दिइएको छ ।

मोटरसाइकल चालक बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...