म्याग्दीमा ८१ वर्षीया वृद्धा बलात्कृत, एकजना पक्राउ

Pakkrau

म्याग्दी । जिल्लाको रघुगंगा गाउँपालिकाकी ८१ वर्षीया वृद्धा बलात्कृत भएकी छिन् ।

शुक्रबार राति १० बजे आफ्नै घरमा सुतिरहेकी उनलाई स्थानीय ३३ वर्षीय गोरे दर्जीले बलत्कार गरेको प्रहरीले बताएको छ ।

वृद्धाले कान पनि नसुन्ने र बोल्न पनि नसक्ने स्थानीयले जानकारी दिए ।

पीडित वृद्धाका आफन्तहरुकाअनुसार राति उनीमात्रै सुतेको घरभित्रबाट अस्वभाविक आवाज सुनिएपछि छेवैको घरमा बस्ने नातिनीले हेर्दा बलत्कार गर्न लागेको देखी छिमेकीलाई खबर गरेकी थिइन् ।

बलत्कारपछि दर्जी भाग्नलाग्दा स्थानीयले नियन्त्रणमा लिई प्रहरी चौकीलाई खबर गरेका थिए ।

आरोपी दर्जीलाई शुक्रबार राति नै घरबाट पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

अशक्त वृद्धालाई आफन्तले बोकेर स्वास्थ्य परिक्षणका लागी जिल्ला अस्पताल र निवोदनका लागी जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।

‘अपाङ्ग वृद्धाको बलत्कारमा संलग्न आरोपी पक्राउ परेका छन्’, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लोकबहादुर गुरुङ्गले भने, ‘पीडितको स्वास्थ्य परिक्षण रिपोर्ट आएको छैन । घटनाको अनुसन्धान सुरु भएको छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...