रुकुममा एकैपटक ३७ विद्यार्थी बिरामी, बिरामी हुनेको संख्या बढ्दै

Student hgh

पूर्व रुकुम । आइतबार बिहान रूकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिकाको एक विद्यालयमा पढ्न आएका विद्यार्थीहरु ठूलो संख्यामा एकैपटक बिरामी परेका छन् ।

पुथाउत्तरगंगा गाउँपालिका–६ मयााङमा रहेको जनजागृती आधारभूत विद्यालयका विद्यार्थीहरु बिरामी परेका हुन् ।

आइतबार बिहान विद्ययालय आएर प्रार्थनाका लागि लाइन लागेका बेला टाउको दुख्ने, ज्वरो आउने, वान्ता हुनेजस्ता समस्या देखा परी विद्यार्थी बिरामी भएको प्रधानाध्यापक चेतकुमार सेनले जानकारी दिएका छन् ।

प्रधानाध्यापक सेनकाअनुसार विद्यालय आएका २७९ जना विद्यार्थी मध्ये ३७ जना बिरामी छन् । बिरामी हुने विद्यार्थीको संख्या बढिरहेको उनले बताए ।

स्कुल दुर्गमा ठाउँमा रहेकाले बिरामी विद्यार्थीहरुको उपचारका लागि स्वास्थ्य संस्था लैजान समस्या परेको छ ।

विद्यालयबाट सबैभन्दा नजिक रहेको वडा नं ४ हुकामको स्वास्थ्य चौकी पुग्न करिब दुई घण्टा लाग्छ ।

स्वास्थ्य चौकीसँग यतिबेला सम्म सम्पर्क हुन नसकेका कारण विद्यार्थीको उपचार गर्न समस्या परिरहेका प्रअ सेनले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...