आगलागीबाट ५ घर जलेर नष्ट, ६६ लाख बराबरको क्षति

Aaglagi

उदयपुर । उदयपुरमा शनिवार दिउँसो भएको आगलागीबाट ६६ लाख बराबरको क्षति भएको छ ।

जिल्लाको रौतामाई गाउँपालिका ४ डुम्रेमा भएको आगलागीबाट ५ घर जलेर नष्ट हुँदा ६६ लाख मूल्य बराबरको क्षति भएका उदयपुर प्रहरीले जनाएको छ ।

दिउँसो १ बजे आचानक भएको आगलागीबाट कमल बहादुर कार्की, बिदुर कार्की, दिपक कार्की, राजेन्द्र कार्की र ज्ञान बहादुर कार्कीको घर पुर्ण रुपमा जेलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट ७ वटा गोठ तथा ५४ वटा चौपायासहित सम्पूर्ण सामान जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।

प्रहरी र स्थानीयवासीको सहयोगमा शनिबार साँझ ७ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...