जङगली हात्तीले आतंक : ९ ओटा घर भत्काउनुका साथै अन्नबाली नष्ट

Hatti aatanka

सिन्धुली । दुधौली नगरपालिका–३ निपानेमा जङगली हात्तीले आतंक मच्चाएको छ । हात्तीले गाउँको ९ ओटा घर भत्काएको छ ।

राति जंगलबाट आएको तीनओटा हात्तीले ९ ओटा घर भत्काउनुका साथै अन्नबाली नष्ट गरेको वडा नम्बर ३ का वडाध्यक्ष साने धामीले जानकारी दिए ।

हात्तीको समूहले निपानेको झुँगामा नरेन्द्र माझी, गोपाल माझी, अनुप थारु, रामजी माझी, कन्ना थारु, रतीया धामी, रिता माझी, नारायण कार्की र अर्का एकजनाको घर भत्काएको वडाध्यक्ष धामीले जानकारी दिए ।

बिहान भएपछि हात्ती जंगल पस्ने र रातभर बस्तीमा आएर आतंक मच्चउने गरेको छ । वडाध्यक्ष धामीले भने ‘आज तीन रात भयो, राम्रोसँग सुत्न पाइएको छैन ।’

सिन्धुलीको कमलामाई नगरपालिकाको वडा नं. १३ र १४ मा पनि जङ्गली हात्तीको समूहले आतंक मच्चाउँदै आइरहेको स्थानीयले गुनासो गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...