हिमपातसँगै वर्षाले एक महीनादेखि सडक अवरुद्ध, जनजीवन अस्तव्यस्त

Himpaat yatayat thappa1

बाजुरा । लगातारको हिमपातसँगै वर्षाका कारण मार्तडी-कोल्टी सडक अवरुद्ध भएको छ ।

एक महीनादेखि सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तुको अभाव हुनुका साथै आवत जावतमासमेत समस्या भएको छ ।

गत माघबाट शुरु भएको हिउँदे वर्षा र हिमपातले मार्तडीदेखि पूर्वीउत्तर क्षेत्रका ४ स्थानीय तहसँगै छिमेकी जिल्ला हुम्ला र मुगुका केही स्थानीय तहका जनतालाई समेत समस्या भएको छ ।

पोरखेलेकमा बारम्बार हिउँ जमेपछि सडक अवरुद्ध हुँदा आवतजावत गर्न समस्या भएको हो । लगातार हिमपात र वर्षाले मार्तडी-घटमुना सडक पनि फाटफुट बाहेक नियमित सञ्चालन हुन सकेको छैन ।

लगातार पानी परेकाले कच्ची सडक हिलाम्मे भएर यातायात सञ्चालनमा समस्या भएको बताइएको छ । माघयता पटक-पटक गरेर ७ पटक बढी हिमपात र वर्षा भएको छ ।

लगातारको हिमपात र वर्षाका कारण जिल्लाको जनजीवन पनि अस्तव्यस्त बनेको छ ।

हिमपातका कारण बिरामी भएका व्यक्तिलाई सदरमुकाम मार्तडीसम्म ल्याउन सकस भएको र एक ठाउँबाट अर्को ठाउँमा जानसमेत नसकिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...