अवैध छालासहित एक जना पक्राउ, प्रहरीमाथि हेल्मेट प्रहार गरी एक जना फरार

Pakkrau

रुकुम । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित एक युवकलाई पक्राउ परेका गरेको छ ।

प्रहरीले ३ थान रेडपाण्डाको छालासहित बाँफिकोट गाउँपालिका वडा नं. ३ कोलचौरका २३ वर्षीय विकास वि.क.लाई पक्राउ गरेको हो ।

शुक्रबार मुसिकोट नगरपालिकाको वडा नं. १ गिलबाङ भन्ने ठाउँमा दूर्लभ वन्यजन्तु रेडपाण्डाको छाला ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी परिचालन गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए ।

उनका अनुसार ग ५ प ११६५ नम्बरको मोटरसाइकल प्रयोग गरी रेडपाण्डाको छाला ओसारपसार गरिएको र मोटरसाइकल चालक विकास वि.क.लाई पक्राउ गरिएको हो ।

मोटरसाइकलको पछाडि बसेका थर र ठेगाना नखुलेका प्रतीक भनिने व्यक्ति फरार रहेका छन् । प्रहरीमाथि हेलमेट र मोटरसाइकलमा प्रयोग हुने नटले प्रहार गरी घाइते बनाएर प्रतीक भाग्न सफल भएका हुन् ।

आक्रमणबाट प्रहरी हवल्दार थिरबहादुर बिष्ट घाइते भएका छन् । बिष्टको दाँया खुट्टामा चोट लागेको छ ।

प्रहरीमाथि आक्रमण हुँदा पनि ३ थान रेडपाण्डाको छाला, मोटरसाइकलसहित एक जनालाई पक्राउ गर्न प्रहरी सफल रहेको छ । फरार व्यक्तिको खोजी र थप अनुसन्धानकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई जिल्ला वन कार्यालयको जिम्मा लगाइने र वन सम्बन्धि मुद्धा लाग्ने प्रहरीले जनाएको छ । रेडपाण्डा विश्वकै दुर्लभ वन्यजन्तु मानिन्छ ।

डीएसपी खड्काका अनुसार, रुकुम प्रहरीले पछिल्लो पटक वन्यजन्तु तथा जडिबुटी चोरी निकासीमा रोकथामको लागि सक्रियता देखाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...