साइकल सहित भीरबाट लडेर बालकको मृत्यु

Mirtu 1

बझाङ । थलारा गाउँपालिकाको पिखेत खोली ग्रामिण सडकखण्डमा साइकल दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।

थलारा गाउँपालिका–९ खानी निवासी १४ वर्षीय सञ्जय सुनारको साइकल सहित भीरबाट लडेर मृत्यु भएको हो ।

गाउँपालिका केन्द्र थलारा खोलीमा रहेको थलारा उमाविको वार्षिकोत्सव हेरेर फर्कँदै गर्दा चुनापानी भीरबाट उनको साइकल ३ सय मिटर तल खसेको थियो ।

प्रहरी निरीक्षक नैनसिंह साउँदका अनुसार साइकलको पछाडि बसेका अर्का एक बालक सामान्य घाइते छन् ।

गणेश सुनारको छोरा सञ्जय ७ कक्षामा अध्ययनरत थिए । घटनापछि उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...