७५ हजार घुससहित कारागार प्रमुख अख्तियारको फन्दामा

Ghus pakrau

काठमाडौं । क्षेत्रीय कारागारका प्रमुख मदन अधिकारीलाई घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले पक्राउ गरेको छ ।

कारागारका चौकीदार डेनियल लामालाई पैसा नदिए सरुवा गरिदिने धम्की दिएका उनलाई ७५ हजार रुपैयाँसहित उनकै क्वार्टरबाट पक्राउ गरिएको अख्तियार प्रदेश कार्यालयका सूचना अधिकृत देवकुमार राईले जानकारी दिए ।

लामो समयदेखि अधिकारीले चौकीदारलाई सरुवाको बाहनामा कम माग्दै आएको बताइएको छ ।दिउँसो १२ बजेतिर टोली क्वार्टरमा पुगेकोे थियो ।

अख्तियारका डीएसपी केशव भट्टराईको नेतृत्वमा गएको टोलीले जेलर अधिकारीलाई घुस रकमसहित पक्राउ गरेको हो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...