अवैध लागुऔषधसहित एक युवक पक्राउ

Pakkrau 1

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाबाट सशस्त्र प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पर्साको ठोरी गाउँपालिका ५ सुवर्णपुर बस्ने ३५ बर्षका अनुप लामा पक्राउ परेका हुन् ।

वीरगञ्ज महानगरपालिका १६ नगवामा चेकजाँचका क्रममा सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट सिर्सियाको टोलीले लामालाई लागु औषध इन्जेक्सन र ट्याबलेटसहित पक्राउ गरेको थियो ।

लामाको साथबाट फेनारगन, डाइजेपाम र नुर्फिन ३७-३७ एम्पुल, नाइट्रोभेट ट्याबलेट १५ पिस र सुई एक थान बरामद भएको सशस्त्र प्रहरी निरीक्षक जीवनबहादुर मल्ल ठकुरीले जानकारी दिए ।

लागुऔषधसहित लामालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...