स्कुललाई ७० लाख नगद दान गरे अमेरिकामा रहेका जोशीले

Daannn

कैलाली । सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा जन्मेर नेपालबाटै उच्च शिक्षा हाँसिल गरी अमेरिकामा बसिरहेका डाक्टर तुलसीराम जोशीले कैलाली जिल्लाको धनगढीमा रहेको राष्ट्रिय माविलाई ७० लाख रकम दान गरेका छन् ।

आफ्नो जन्मभूमिका लागि केही गर्नुपर्छ भनेर आफूले विद्यालयलाई उक्त रकम दान गरेको उनले बताए । ‘मेरी आमा छैनन्, नेपाल आमालाई सहयोग गर्नुपर्छ भनेर सरकारी स्कुललाई चयन गरेको हुँ,’ उनले भने । उनले विदेशमा बस्ने हरेक नेपालीले नेपालका लागि सहयोग गर्नुपर्ने बताए ।

आर्थिक अवस्था कमजोर रहेको राष्ट्रिय माविमा उक्त रकमको अक्षयकोष स्थापना गरेर गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ती दिइने छ । ७० लाख दान गरेपछि विद्यालयको नाम पनि परिवर्तन गरी राष्ट्रिय तुल्सीराम मावि राखिएको छ ।

विद्यालयले डाक्टर जोशीको सम्मानमा बिहीबार धनगढीमा र्यालीको आयोजना गरी उनलाई रथयात्रा गरिएको छ । ‘भारतको लखनउबाट बग्गीमा राखेर उनको रथयात्रा गरेका हौं,’ विद्यालयका प्रधानाध्यापक गणेशराज भट्टले भने ।

विद्यालयको वार्षिकोत्सवको अवसर पारेर गरिएको जोशीको सम्मान कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रीलोचन भट्ट प्रमुख अथिति थिए । मुख्यमन्त्रीका दुई छोरी पनि त्यस स्कुलमा पढिरहेका छन् ।

‘म सुदूरपश्चिमको मुख्यमन्त्री मात्रै होइन, यो विद्यालयको अभिभावक पनि हुँ, मेरा दुई छोरी यसै विद्यालयमा पढिरहेका छन्, यसरी एउटा सरकारी स्कुललाई गरिएको दानको म धन्यबाद दिन चाहन्छु’, मुख्यमन्त्री भट्टले भने ।

उनले अहिले सरकारी स्कुलको स्तर खस्किरहेकाले त्यसलाई सुधार गर्नका लागि नयाँ ऐन ल्याउने तयारी भइरहेको बताए ।

‘शिक्षक सरकारीमा पढाउँछन्, तर उनका छोराछोरी नीजि स्कुलमा पढिरहेका छन्, जसरी म धाकफुलाएर भनिरहेको छु कि म यो विद्यालयको अभिभावक हुँ, त्यसैगरी हरेक जनप्रतिनिधिले, हरेक शिक्षकले भनूनकी मेरा छोराछोरी पनि सरकारीमा पढिरहेका छन्’ मुख्यमन्त्री भट्टले भने ।

उनले सरकारी विद्यालयमा पढाउने शिक्षकका छोराछोरी, जनप्रतिनिधिका छोराछोरी नीजिमा पढिरहेका बेला अभिभावकले त्यसको निगरानी गर्नुपर्ने बताए ।

जोशी र उनकी पत्नी तथा छोरीलाई मुख्यमन्त्री भट्टले कदरपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...