दुबई अस्पतालमा १० दिनदेखि अचेत कमला, आमा खोज्दै चार वर्षीया छोरी, सहयोग खोज्दै कमलाका श्रीमान

Kamalakkk

यूएई – युएईको दुबई अस्पतालमा एक नेपाली महिलाको अचेत अवस्थामा उपचार भइरहेको छ ।

१२ वर्ष पहिले युएई आउनु भएकी माझीफेदी–७, काभ्रेकी कमला गिरीको पैसा अभावामा उपचारमा समस्या भएको छ । फागुन १ बाट अचेत भएकी कमलाको १० दिनसम्म होस खुलेको छैन ।

ल्यकेमिया ब्लड क्यान्सरका कारण रक्तकोशिकामा ल्यूकेमिया बढ्दै गएको र रकम अभाव भएका कारण उपचारमा समस्या भएको हो ।

उनलाई १२ दिन पहिले ज्वरो आएपछि सामान्य औषधि गरिएको र साँझमा खुट्टा दुख्न थालेपछि अल रफा अस्पताल लगिएको थियो ।

अल रफा अस्पतालमा परीक्षण गर्दा कमलामा ल्यूकेमिया ब्लड क्यान्सरको लक्षण देखिएको अस्पतालले जनायो । प्राइभेट अस्पतालको उपचार खर्च महंगो हुने भएकाले कमलाका श्रीमान विमल गीरीले कमलालाई रशिद हस्पिटल पुर्याए ।

रशिद अस्पतालमा क्यान्सर रोगको उपचार नहुने भन्दै दुबई अस्पतालमा रिफर गरिएको हो । अहिले डेरा दुबईमा रहेको दुबई हस्पिटलको १०औँ तल्लामा रहेको सघन उपचार कक्षको मेडिकल युनिटभित्र पूर्ण रुपमा अचेत अवस्थामा कमलाको उपचार भैरहेको छ ।

कमलाको उपचारमा दैनिक ३ हजार दिर्राम झण्डै एक लाख रुपैयाँ खर्च हुन्छ । सामान्य सेल्सम्यानको रुपमा कार्यरत विमलको मासिक एक लाख आम्दानी हुन्छ ।

‘महिनाको तलब एकै दिनमा खर्च हुँदा अहिलेसम्म जोगाइराखेको १२ हजार दिर्राम पनि सक्कियो । ४ वर्षीया छोरीको स्कुल भर्नाका लागि भनेर जोगाएको रकम उपचारमा सकियो’, बिमलले उज्यालोसँग भने, ‘मामू खै ? भन्दै छोरीले आमा खोज्छे, अचेत आमालाई भेट्न छोरीलाई लैजान सकेको छैन ।’

श्रीमतीलाई अस्पतालमा, र छोरीलै घरमा स्याहारसुसार गर्ने अरु कोही छैन । बिमलले आफूले गर्दै आएको काम पनि अपर्झट बिदा लिएर बसेका छन् ।

‘कम्पनीले काममा नआउने भए जागिरबाट निकाल्दिने भन्दै दैनिक फोन गरेर हकार्छ । श्रीमतीको समस्याबारे बताएर भोलि–भोलि भन्दै टारिरहेको छु । पैसा पनि छैन, जागिर पनि जाँदैछ । यता श्रीमतीको होससमेत खुलेको छैन’, विमलले भने ।

पहिले कमलाले पनि दुबईमा काम गर्दै आउनु भएको थियो । तर ४ वर्ष पहिले छोरी जन्मिएपछि भने कमलाले जागिर छोड्नु भएको थियो ।

अहिले अचानक थलिएपछि परिवार नै समस्यामा छ । ४ वर्षकी छोरीलाई समेत स्कुल पठाउन सकेकी छैनन् ।

विमलले श्रीमती कमलाको उपाचारमा सहयोग जुटाइदिन यूएईमा रहेका नेपाली संघ–सस्था तथा व्यक्तिलाई आग्रहसमेत गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...