अवैध चरेससहित ४ जना पक्राउ

3 jana pakrau

काठमाडौं । महानगरीय प्रहरीले २१ किलो लागू औषध चरेशसहित चारजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत दरबारमार्गका इन्सपेक्टर जितेन्द्र श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई लाजिम्पाटबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मकवानपुर घर भई कलंकी बस्ने बर्ष २६ को रामकुमार मोक्तान, नैकाप बस्ने बर्ष २५ को रमेश कुमार मोक्तान रहेका छन् । यस्तै मकवानपुर घरभई नैकाप नै बस्ने बर्ष २५ को सुकराम गोले र मकवानपुर घर भई कलंकी बस्ने बर्ष २४ को राजेन्द्र गोले रहेका छन् ।

लाजिम्पाट ईलाकामा लागू औषध विक्रि वितरण तथा ओसारपसार हुँदैछ भन्ने विशेष सूचना प्राप्त हुना साथ तत्काल वृत्तबाट इन्सपेक्टरके कमाण्डमा विशेष टोली परिचालन गरि उनीहरुलाई पक्राउ गरिएको वृतका प्रमुख (डीएसपी) विनोद घिमिरेले जानकारी दिए ।

डीएसपी घिमिरेले भने, ‘निजहरुको शरिर तलासी लिँदा लागू औषध चरेस अन्दाजी २१ किलोसहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।’

पक्राउ परेको उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...