अवैध गाँजा तस्करीमा संलग्न ३ महिला पक्राउ

Pakrau mahila

जनकपुरधाम । गाँजा तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन महिलालाई धनुषाबाट पक्राउ गरेको छ ।

गाँजासहित प्रहरीले नुवाकोट बटार बस्ने २६ वर्षीया कल्पना परियार, पर्सा औराहा-१ कि ४० वर्षीया जीतनी चौधरी र ३५ वर्षीया कुलमती चौधरीलाई पक्राउ गरेको हो ।

गतमंगलबार जनकपुरधाम उपमहानगरपालिका-२३ स्थित जनकपुर जलेश्वर सडकखण्डमा प्रहरी चेकजाँचका क्रममा उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।

प्रहरीले उनीहरुको साथबाट पाँच-पाँच किलोका तीन पोका गरेर जम्मा १५ किलो गाँजा बरामद गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...