गुलरियामा बर्थिङ सेन्टर स्थापना, स्थानिय हर्षित

Barthing center565

बर्दिया । गुलरिया नगरपालिका-१२ मा बर्थिङ सेन्टर स्थापना भएको छ ।

सो बर्थिङ सेन्टर र मोहम्मदपुर स्वास्थ्यचौकीको बुधबार एक कार्यक्रमकाबीच प्रदेशसभा सदस्य तिलकराम शर्मा र गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।

मोहम्मदपुर क्षेत्रमा योभन्दा पहिले प्रसूति केन्द्र नहुँदा नेपालगञ्ज वा गुलरियाको अस्पतालमा जानुपर्ने बाध्यता रहकोमा त्यो समस्या हटेको छ । प्रसुति सेवा स्थापना हुँदा त्यहाँका स्थानियवासिले हर्षित बनेका छन् ।

गुलरिया नगरपालिकाका प्रमुख यादवले यस क्षेत्रमा भएको स्वास्थ्यचौकीलाई अझ प्रभावकारी बनाउन गुलरिया नगरपालिकाले भौतिक पूर्वाधार विस्तार गर्ने बताए ।

मोहम्मदपुर स्वास्थ्यचौकी प्रमुख कुलबहादुर विष्टले प्रसूति केन्द्र स्थापना भएसँगै दक्ष जनशक्तिको अभावलाई समाधान गर्न प्रदेश सरकार र नगरपालिकालाई आग्रह गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...