बागलुङमा सार्वजनिक सेवामा ‘टोकन’ प्रणाली शुरु

Baglung

बागलुङ । सेवा प्रवाहलाई चुस्त र व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालय बागलुङले ‘टोकन’ प्रणाली शुरु गरेको छ ।

नागरिकता, राहदानी वितरणसहितका सेवा टोकन प्रणालीबाट प्रदान गरिने कार्यालयले जनाएको छ ।

‘पहिले आउनेलाई पहिले सेवा’ को अवधारणाअनुसार टोकन प्रणाली शुरु गरिएको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले बताए । ‘सेवा लिन भनसुन गर्नुपर्ने अरुलाई गुहार्नुपर्ने अवस्था अब छैन’, उनले भने ।

सहायता कक्षबाट टोकन लिने व्यवस्था कार्यालयले मिलाएको छ । सेवा लिने प्रकियाका बारेमा सहायता कक्षका कर्मचारीले सेवाग्राहीलाई सघाउने गरेका छन् ।

सेवा लिन सहयोगी व्यक्ति लानुपर्ने, लाममा बस्नुपर्ने, घण्टौँ कुर्नुपर्ने बाध्यता हटेको जनाइएको छ । सेवा प्रवाहलाई छरितो, प्रभावकारी र झन्झटरहित बनाउन कार्यालयले सुधारको प्रयास थालेको प्रजिअ खरेलको भनाइ छ ।

कार्यालयले पहिलोपटक गत भदौमा सहायता कक्ष स्थापना गरेको थियो । सेवा सुधारअन्तर्गत ज्येष्ठ, अपाङ्गता भएका व्यक्ति, अशक्तलाई लाममा बस्नुनपर्ने व्यवस्था गरिएको छ । निवेदन, सिफारिस, फाराममा लाग्ने शुल्क पनि हटाइएको छ ।

इन्टरनेट सुविधाको लागि ‘फ्रि वाइफाइ’, विद्युतीय वडापत्र, विश्रामस्थल, प्रतिक्षालय बनाइएको छ । ‘सहायता कक्षबाटै निवेदन लेखिदिन्छौँ’ कार्यालयका प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्रराज पन्तले भने, ‘सेवाग्राहीले शुल्क तिरेर निवेदन लेखाउनुपर्ने, बाहिरी व्यक्तिको सहयोग चाहिने अवस्था छैन ।’ कार्यालयले दलित, जनजाति प्रमाणितमा यसअघि लिइँदै आएको शुल्क पनि हटाएको छ ।

यस्तै दु्रत सेवाबाट राहदानी लिने सेवाग्राहीको लागि कार्यालय मै निःशुल्क रुपमा फाराम भर्ने व्यवस्था मिलाइएको छ ।

भनसुन र अन्य मनशाय जोडी हुने गलत कृयाकलाप रोकिएको कार्यालयको जिकिर छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...