चर्पी निर्माणमा विवाद हुँदा महिला घाइते

Mahila ghaite

रुकुम । जिल्लाको पूथा उत्तरगंगा गाउँपालिका वडा नं. ११ मा निर्माणाधीन भवनको चर्पीको विषयमा विवाद हुँदा निर्माण उपभोक्ता समितिकी महिला सदस्य घाइते भएकी छिन् ।

गत आइतबार बिहान ११ बजेतिर वडाअध्यक्ष जयकुमार बुढा र निर्माण उपभोक्ता समिति सदस्य जयपुरी बुढाबीच विवाद हुँदा वडाअध्यक्षले आफूमाथि हातपात गरेको जयपुरीले आरोप लगाएकी छिन् ।

गाउँपालिकाको ५ लाख बजेटमा निर्माण भइरहेको महिला भवनको चर्पीको खाल्डो स्टमेट अनुसार नभएको वडाअध्यक्षको बताएका थिए ।

छलफलका क्रममा वडाअध्यक्षले एक्कासी हेल्मेटले टाउकोमा हानेर हानेको जयपूरीको आरोप छ । आक्रमणबाट टाउको र अनुहारमा चोट लागेपछि अहिले रुकुमकोटमा रहेको अस्पतालमा उपचार भइरहेको उनका दाइ लक्ष्मण बुढा मगरले जानकारी दिए ।

वडाअध्यक्ष जयकुमार बूढाले भने आफूले कसैलाई पनि आक्रमण नगरेको स्पष्टोक्ति दिएका छन् ।

प्राविधिक स्टमेटअनुसार महिला र पुरुषका लागि छुट्टाछुट्टै कोठाको चर्पी निर्माण गर्नुपर्ने र खाल्डो पनि गहिरो हुनुपर्ने भएपनि त्यसो हुन नसकेकोमा आपत्ति जनाउँदा विवाद भएको उनले बताए ।

विवादका क्रममा उपभोक्ता समितिका पदाधिकारीहरुले उल्टै आफूमाथि ढुंगामुढा गरेको र आफू जोगिन खोज्दा कसैलाई धकेलिएको हुनसक्ने तर कुटपिट नगरेको उनले दाबी गरे ।

यो विवाद इलाका प्रहरी कार्यालय तकसेरा हुँदै हाल जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वसम्म पुगेको छ । पीडित महिलाले आफूमाथि योजनाबद्ध आक्रमण भएको भन्दै क्षतिपुर्तिको माग गरेकी छिन् ।

वडाअध्यक्षले उपभोक्ता समितिको मनपरीमाथि सरकारको तर्फबाट अनुगमन गर्दा उल्टै आक्रमण भएको भन्दै उक्त घटना अस्विकार गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...