जिल्लामा ओखर बगैँचाका स्थापना गर्न ६ हजार बिरुवा वितरण

Okhar111

बैतडी । बैतडी जिल्लामा ओखर बगैँचा स्थापनाका लागि छ हजार बिरुवा वितरण गरिएको छ ।

कृषि ज्ञान केन्द्रले स्थानीय तहको समन्वयमा ओखरका बोटबिरुवा वितरण गरिएको जनाएको छ ।

एक किसानलाई एकसय बोटका दरले अनुदानमा ती विरुवा वितरण गरिएको केन्द्रका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए ।

सबैभन्दा बढी सिगास गाउँपालिकाका विभिन्न वडा, पाटन नगरपालिको सिद्धेश्वर र सिद्धपुर, दशरथचन्द नगरपालिकाको ग्वाल्लेकमार सुर्नया गाउँपालिकामा ती बिरुवा वितरण गरिएको थियोे ।

ओखर उत्पादनका लागि उपयुक्त यस जिल्लाको वातावरण उपयक्त भएको र ओखरखेती आम्दानीको स्रोत बन्नसक्ने भएकाले यसबाट किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले ती बिरुवा वितरण गरिएको सुख्खा फलफूल विकास केन्द्रका निमित्त प्रमुख चन्द्रबहादुर ठगुन्नाको भनाइ थियो ।

यस जिल्लाको ३० हेक्टर र दार्चुलाको २५ हेक्टर क्षेत्रफल जमीनमा ओखरको बगैँचा स्थापना गर्न लागिएको हो ।

ओखरका बिरुवा किसानलाई ५० प्रतिशत अनुदान र ५० प्रतिशत किसानको लगानीमा उपलब्ध गराइएको उक्त केन्द्रले जनाएको छ ।

बजारमा ओखर प्रतिकेजी रु ६०० देखि रु ८०० मा बिक्री हुन्छ । केहीवर्ष यतादेखि सतबाँझमा स्याउ फल्न छाडेकाले त्यसको विकल्पमा ओखरखेती गर्न थालिएको छ ।

प्रतिकृया दिनुहोस