जाजरकोट जिल्ला अस्पतालमा शल्यक्रिया सेवा शुरु, स्थानियवासी हर्षीत

Hospital jajarlot

जाजरकोट । जाजरकोट जिल्ला अस्पतालमा शुक्रबारदेखि आकस्मिक प्रसूति शल्यक्रिया सेवा सुरु भएको छ ।

५० शय्याको उक्त अस्पतालमा डा. महेश सिलवाल आएपछि शल्यक्रिया सेवा सञ्चालन गरिएको अस्पतालका प्रमुख डा. राजेन्द्र लामाले जानकारी दिए ।

अस्पतालमा दैनिक दुई जनासम्म आकस्मिक प्रसूति शल्यक्रिया गर्न सकिने डा. भूपेन्द्र मल्लले बताए । अस्पतालमा जटिलबाहेकका शल्यक्रिया सेवा प्रदान हुने जनाइएको छ ।

गत वर्ष कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट काजमा आएका चिकित्सकले शल्यक्रियाका गरे पनि काज सकेर फकिएपछि सेवा बन्द भएको थियो ।

भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकाश घर्तीले नगरपालिकाबाट हुने सम्पूर्ण पहल गर्न तयार भएको बताए ।

जिल्ला अस्पतालमा सेवा प्रवाह सहज बनाउन नगरपालिकाले शव बहान उपलब्ध गराउने नगरप्रमुख घर्तीले प्रतिवद्धता व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...