व्यवसायीसँग ‘लाइन मिलाउन’ नजान्ने मल्ल बने अब्बल अधिृकत

Dan bdr malla

काठमाडौं । नागरिकको आधा सुरक्षा त प्रहरीको राम्रो व्यवहार र आचरणले नै हुन्छ । त्यही भएर पनि प्रहरीमा मुस्कान सहितको सेवा भन्ने गरिएको छ ।

प्रहरी संगठन र एउटा प्रहरीसँग राम्रो व्यवहार र आचरण भयो भने सबैको सहयोग हुन्छ भन्ने बिश्वास राख्छन् दानबहादुर मल्ल । उनले त्यही मान्यतालाई पछ्याइरहेका छन् । जसले उनलाई सफलताको शिखरमा लम्क्याइरहेको छ ।

उनले दरबारमार्ग वृतको कमाण्ड सम्हालेपछि प्रहरीले अपराध, अनुसन्धान, शान्ति, सुव्यवस्थाका ५१ वटा उल्लेख्य काम गरे । लागूऔषध कारोवारी, मानव बेचविखनमा संलग्न, अवैध नोट कारोवारीसम्मलाई कारवाही गरेपछि उनी संगठनमै चर्चा कमाउन सफल रहे ।

सुरक्षाका दृष्टिकोणले निकै संवेदनशील मानिन्छ दरबारमार्ग क्षेत्र । विदेशी पर्यटक तथा भीआईपीहरु आवातजावत गरिरहने क्षेत्र भएकाले यो क्षेत्रको शान्ति, सुरक्षा चुनौतीपूर्ण पनि छ ।

यति मात्र होइन, गुण्डागर्दी र अवैध कारोबारका कारण बद्नाम पनि भइरहन्छ दरबारमार्ग । नेपाल प्रहरीमा अब्दल दर्जाको प्रहरी अधिकृतको रुपमा आफ्नो परिचय बनाउन सफल मल्लले अशान्त बनिरहेको दरबारमार्गलाई उनले आफनै कार्यकालमा शान्त बनाए ।

गत बर्ष दरबारमार्गकै ल्याण्डमार्क होटलमा एक युवतीमाथि उनका प्रेमीसहितले सामूहिक बलात्कार गरेको चर्चित घटनालाई गुपचुप राख्न प्रहरीकै भूमिका थियो । सोही आरोपमा त्यहाँ कार्यरत प्रहरी अधिकृत कारबाहीमा परे ।

आफ्नो क्षमता र दक्षतामा विश्वास गर्ने हक्की स्वभावका मल्लका लागि दरबारमार्गको त्यति बेलाको वातावरण अनुकुल थिएन । उनले त्यतिबेला प्रतिकुल अवस्थालाई अनुकुल मात्र बनाएनन्, अशान्त दरबारमार्गलाई शान्त बनाए । जुन कामले उनलाई चर्चायोग्य पात्र बनायो ।

मल्लले दरबार मार्ग प्रहरी वृत्तको कमाण्ड सम्हालेपछि प्रहरीमा भएको आन्तरिक समस्यालाई समाधान गर्ने बाटो रोजे । उनले प्रहरीभित्रै अरुलाई पनि शोषण गर्ने, बाहिर व्यवसायीलाई पनि शोषण गर्ने पात्र र प्रवृत्ति थिए त्यसलाई हटाउने काम गरे । उनले स्थानीय व्यवसायीसँग समन्वय गरेर अघि बढ्ने कोशिस गरे । त्यही भएर पनि उनी अशान्त बनेको दरबारमार्गलाई शान्त बनाउन सफल भए ।

मुख्य कुरा भनेको जनताको विश्वास जित्नु हो र जनताको विश्वास जित्नका लागि आफ्नो टीम र युनिटलाई दुरुस्त बनाउन सके जनताको मन जित्न सकिने बुझाई मल्लको छ ।

व्यवसायीसँग प्रहरीले ‘लाइन मिलाउने’ त्यसपछि व्यवसायीले जे गरे पनि हुने प्रवृत्तिलाई उनले पूर्ण रुपमा बन्देज गरे । सबै व्यवसायीलाई कानुनसम्मत तवरबाट व्यवसाय सञ्चालन गरे हार्दिकताका साथ प्रहरीले सहयोग गर्दै आएको उनी बताउँछन् ।

शब्दचित्रमा मल्ल
देशमा माओवादी द्धन्द्ध चलिरहेको बेला २०५५ असोज १ गते प्रहरी सहायक निरीक्षक (असई) बाट सेवा प्रवेश गरेका मल्ल प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएका छन् । मल्लले दुर्गम जिल्लाको कमाण्डदेखि प्रधानमन्त्रीको सुरक्षा कमाण्ड सफलतापूर्वक सम्पन्न गरेका छन् ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा उनैले सुरक्षा ईन्चार्जको जिम्मेवारी पाएका थिए । त्यो बेला इमान्दारिताका साथ आफ्नो जिम्मेवारी पूरा गरेका मल्ल संगठनले खटाएको ठाउँमा जाने प्रहरीको सुचीमा पर्छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...