सिरहाको उत्तरी गाउँमा एक सातादेखि जंगली हात्तीको आतंक

Hatti aatanka

लहान । पछिल्लो एक सातादेखि सिरहाको उत्तरी क्षेत्रमा पर्ने चुरे जगलसँग जोडिएका गाउँहरुमा जंगली हात्तीको समूहले आतंक मच्चाएको छ ।

गोलबजार नगरपालिका–३ जमदह, मुसहर्निया र गोलागाउँमा सोमबार राति छ वटा जंगली हात्तीले स्थानीय छ जनाको भान्सा घर, शौचालय भत्काउनुका साथै गहुँबारी, टमाटर खेती नष्ट गरेको छ ।

वडाध्यक्ष धनप्रसाद मोक्तानका अनुसार बिहान करिब साढे ३ बजेतिर आएको एक बच्चासहित छ वटा हात्तीले लक्ष्मण राईको थाङ्ग्रामा राखिएको करिब सात क्विन्टल मकै खाएको छ ।

यस्तै, मुसहर्निया गाउँका प्रकाश मल्लिकको शौचालय भत्काउनुका साथै भान्सा घरमा राखिएको करिब ३० केजी चामल खाएको छ । चिनीमाया तामाङको भान्सा घर भत्काएको छ । जमदह गाउँका गोपाल बुढाथोकीको पनि भान्सा घर भत्काएको छ ।

उनले भने, ‘बालबालिकासहित सुतिरहेका बेला आएको हात्तीको समूहले भान्सा भत्काउन थालेपछि आफूहरु सुतेको घरको खाटमुनि लुकेर ज्यान जोगायौं ।’ रमेश साह र कृष्णदेव साहको १० कठ्ठा क्षेत्रफलको गहुँ खेती र दुई कठ्ठामा गरिएको गोलभेडा खेती नष्ट गरेको छ।

करिब दुई महिनाअघि पनि जङ्गली हात्तीको समूहले जमदहका तीन जनाएको घर भत्काई दिनुका साथै घरमा राखेको धान चामल समेत खाएको वडाध्यक्ष मोक्तानले बताए ।

धनगढीमाई नगरपालिका–१३ मा पर्ने उत्तरी गाउँमा पछिल्लो तीन दिनदेखि जंगली हात्तीको कारणले स्थानीय बासिन्दा आतंकित भएका छन् ।

समूहमा आउने हात्तीले भुल्किया जोगी डाँडाका राजेन्द्र लामा र सुवे यादवको घर भत्काउनुका साथै भकारीमा राखिएको धान चामल खाएको वडाध्यक्ष सूर्यमान तामाङ्ले बताए ।

सिरहाको उत्तरी क्षेत्रमा हरेक वर्ष दिउँद याममा चुरे जंगलबाट आउने जंगली हात्तीले स्थानीय बासिन्दाको घर भत्काइदिने, बालीनाली खाइदिने गरेको छ ।

जंगली हात्तीको आक्रमणमा परेर यसअघि तीन जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...