अब दिपायलबाटै सवारीसाधन दर्ता नविकरण हुँने

Doti yatayat

डोटी । सवारीसाधन दर्ता नवीकरण अब पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, राजपुरबाट हुने भएको छ ।

करीब डेढ महीना पहिलेदेखि सवारीसाधन चालक अनुमतिपत्र (स्मार्ट कार्ड) नवीकरण सेवा शुरु गरिएको यातायात व्यवस्था सेवा कार्यालय दिपायल राजपुरले सोमबारदेखि सवारी दर्ता किताव (ब्लुबुक) नवीकरण सेवा पनि शुरु गरेको हो ।

कार्यालय प्रमुख धु्रव दयालका अनुसार ब्लुबुक नवीकरण गर्न अब कैलाली जानुपर्ने छैन ।

यातायात व्यवस्था सेवा कार्यालय दिपायल, राजपुरबाट सवारी चालक अनुमतिपत्र नवीकरण, ब्लुबुक नवीकरण, अस्थायी बाटो निर्धारण, यातायात क्षेत्रमा अनुगमनलगायत काम हुनेछन् ।

दिपायलको राजपुरमा जेठ महीनासम्ममा लाइसेन्सका लागि ट्रायल सेन्टर निर्माण गरी आगामी असारदेखि नयाँ सवारी चालक अनुमतिपत्र जारी गरिनेछ ।

कर्मचारी अभावमा सवारीसाधन जाँचको काम गर्न नसकिएको दयालले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...