डोटीका ९ स्थानीय तहमा भवन नहुँदा कामकाजमा समस्या

Doti 223

डोटी । दुई नगरपालिका र सात गाउँपालिकासहित नौ स्थानीय तहमा आफ्नो भवन नहँुदा कामकाज गर्न समस्या भएको छ । कार्यालय भवन नहुँदा भाडाका घरमा कार्यालय चलाउनुपर्ने बाध्यता छ ।

दिपायल सिलगढी र शिखर नगरपालिकाको आफ्नो कार्यालय भवन भए पनि अन्य वडामा भवन नहुँदा कर्मचारीले भाडाका घरमा कार्यालय राखेर कामकाज गर्दै आएका छन् ।

गाउँपालिकाले आफ्नो भवन निर्माण गर्न सकेका छैनन् । आफ्नै भवन नहुँदा स्थानीय तहको कामकाजमा समस्या हुँदै आएको बडीकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताए ।

उनले भने, ‘भवन बनाउने निर्णय त गरेका छौँ, सबैलाई पायक पर्ने ठाउँमा जमीन नपाउँदा समस्या भएको छ ।’

जिल्लाका सायल, आदर्श, पूर्वीण्चौकी र बडीकेदार गाउँपालिकाले अहिलेसम्म आफ्नो भवन बनाउन सकेका छैनन् भने बोगटान, जोरायल तथा केआइसिंह गाउँपालिकाले तत्कालीन गाउँ विकास समितिकै भवनमा कामकाज चलाउँदै आएका छन् ।

गाउँपालिका सञ्चालनका लागि ती भवनमा पर्याप्त मात्रामा कोठा नहुँदा कामकाजमा समस्या हुने गरेको जोरायल गाउँपालिका कार्यकारी प्रमुख समिर भण्डारीले बताए । उनले भने, ‘भवन सानो छ, कोठा पर्याप्त नहुँदा कठिनाइ भएको छ ।’

यहाँका कतिपय स्थानीय तहका भवन काहाँ राख्ने भन्ने विषयमा स्थानीयवासीबीच विवाद हुँदा भवन निर्माण गर्न समस्या भएको सायल गाउँपालिका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...