पिपल्लामा चलिरहेको महोत्सवको आकर्षण बन्यो रेन्बो ट्राउट माछा

Fish rainbo

डोटी । दिपायलको पिपल्लामा भइरहेको सुदूरपश्चिम प्रादेशिक महोत्सवको २८ नं कक्षमा दिनहुँजसो महोत्सव अवलोकन गर्न आउनेको भीड लाग्छ ।

जोरायल गाउँपालिका–५ गड्सेराका लीलाधर विष्टले सञ्चालन गरेको सो कक्षामा रेन्बो ट्राउट माछा राखिएको छ । सो माछा हेर्न कक्षमा भीड लाग्ने गरेको हो ।

करीब रु १० लाखको लागतमा विष्टले एक वर्ष अघि नुवाकोटबाट माछाका भुरा ल्याई माछापालन थाल्नु भएको हो ।

माछापालन गर्न उनलाई कृत्रिम तथा प्राकृतिक जलासय मत्स्य विकास केन्द्र बालाजु, काठमाडौँले रु पाँच लाख १२ हजार तथा जोरायल गाउँपालिकाले रु एक लाख अनुदान उपलब्ध गराएको छ ।

माछापालन गर्न मत्स्य विकास केन्द्र गेटा र तत्कालीन जिल्ला कृषि विकास कार्यालयले प्राविधिक सहयोग गरेको छ ।

रेन्बो ट्राउट माछा बजारमा प्रतिकिलो रु एक हजार ६०० मा बिक्री हुन्छ । महोत्सव अवलोकन गर्न आउनेहरु विष्टकै कक्षामा पुग्ने गरेको डोटी उद्योग वाणिज्य सङ्घका महासचिव दीपकबहादुर खड्काले बताए ।

माछाको चारो काठमाडौँबाट नै ल्याउनुपर्ने विष्ट बताउछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...