महिला हिंसा अन्त्य गर्न कानून कार्यान्वयन गरि जनतालाई सचेत गराउन जोड

Mahila hinsa

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले विद्यमान ऐन-कानून कार्यान्वयनका साथै जनतालाई सचेत गराएर महिला हिंसा अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।

एकसय नबौँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८) लाई भव्य र सभ्य रुपमा सफल बनाउन उक्त मन्त्रालयद्वारा यहाँ आज आयोजित तयारी बैठकलाई सम्बोधन गर्दै उनले पछिल्लो पटक मुलुकका विभिन्न स्थानमा बढ्दै गएको महिला हिंसा अन्त्य गर्न सबै एकजुट हुनुपर्ने आवश्यकता औँल्याए ।

‘यस पटकको दिवसमा सन्देश मूलक सामग्रीलाई स्थानीय तहसम्म पुर्याउनुपर्छ, त्यसका लागि सबै तहबाट सहयोगको अपेक्षा गर्दछु’, मन्त्री थापाले भने ।

मन्त्रालयका सचिव बुद्धिबहादुर खड्काले अन्तराष्ट्रिय नारी दिवसका सन्देश प्रचारप्रसार गर्न आमसञ्चार माध्यमसँग आग्रह गरे ।

बैठकमा सहभागी विभिन्न सङ्घ-संस्थाका प्रतिनिधिले यस दिवसलाई विगतका भन्दा फरक ढङ्गबाट मनाउन सुझाव दिए ।

फ्रान्सको राज्य क्रान्तिका बेला ग्रीसकी महिला लाईसिसट्राको नेतृत्वमा पहिलोपटक पटक आयोजित महिला आन्दोलनलाई स्मरण गर्दै सन् १९१० मार्च ८ तारिखबाट यो दिवस मनाउन थालिएको हो ।

त्यस दिन चीन र ब्राजिललगायत अन्य देशका महिलले पनि महिला र पुरुषबीचको आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक विभेद हटाई महिला अधिकार कायम गर्न आवाज उठाएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...