खोटाङको थामखर्क विमानस्थल उद्घाटन गर्ने तयारी

Road 111212

खोटाङ । कालोपत्रे सम्पन्न भएपछि खोटाङको थामखर्क विमानस्थल सोमबार उद्घाटन गर्ने तयारी गरिएको छ ।

कालोपत्रेका विभिन्न चरणका काम सुरु गरिएसँगै २०७३ साल चैत्र १३ गतेदेखि उडान रोकिएको थामखर्क विमानस्थल सोमबार ११ बजे संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गर्ने कार्यक्रम छ ।

खोटेहाङ गाउँपालिका–४ बड्कादियालेस्थित विमानस्थल उद्घाटनका लागि प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, हिरा गुरुङ, प्रदेशसभा सदस्य रामकुमार राई, नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष मदन खरेल, नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक सञ्चिव गौतमलगायतको टोली थामखर्क जाँदैछन् ।

बिहान १० बजेको फ्लाइटबाट मन्त्री अधिकारी थामखर्क पुगेर विमानस्थल उद्घाटन गर्ने तयारी भएको प्रतिनिधिसभा सदस्य भट्टराइले बताए ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ, बराहपोखरी, जन्तेढुंगा गाउँपालिका र भोजपुरका केही वडाका सर्वसाधारणले उपयोग गर्ने थामखर्क विमानस्थल कालोपत्रेको काम रौता कन्ट्रक्सनले भ्याटसहित १० करोड ६० लाख ७१ हजारमा पूरा गरेको हो ।

निर्माण कम्पनी रौता कन्ट्रक्सनले १५ महिनाभित्र पूरा गर्नेगरी २०७३ साल असोज २० गते सम्झौता गरेको थामखर्क विमानस्थल कालोपत्रेका काम २८ महिनामा पूरा भएको नेपाल नागरिक उड्यान प्राधिकरणका इन्जिनियर रत्न श्रेष्ठले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...