सुदूरपश्चिममा ‘चेली त्यार’ को बढ्यो चहलपहल

Cheli tyar

डोटी । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा अहिले ‘चेली त्यार’ को चहलपहल छ ।

माघ महिनाभर आफ्ना छोरी, बहिनी र भान्जीलाई सेल, पुरी दिने चलन छ । यसरी छोरीचेलीको घरमा माइती पुगेर खानेकुरा दिने चलन रहेकाले ‘चेली त्यार’ भन्ने चलन छ ।

सेलरोटीका परिकारहरू पकाएर विवाहित छोरीलाई दिन यहाँका स्थानीय महिलाहरु दिनहुँ छोरीको घरमा धाउन थालेका छन् । माघे संक्रान्तिबाट सुरु हुने यो तिहार माघ महिनाभरी चल्ने गरेको केआईसिंह गाउँपालिका ५ का स्थानीय यज्ञराज जोशी बताउछन् ।

माघ महिनाभर सुदूर–पश्चिममा जताततै कोसेली बोकेर छोरी–ज्वाइँको घर गइरहेका आमाहरू भेटिन्छन् । माघे संक्रान्तिमा माइत आउन नपाएका छोरीचेली भेट्न माइतीघरका सदस्यहरु छोरीकै घर पुग्छन् ।

सुदूरपश्चिम प्रदेशका कैलाली, अछाम, बाजुरा, बझाङ र डोटीमा माघ महिनाभर चेलीलाई त्यार दिने चलन छ । तर यहाँका अन्य जिल्लाहरु बैतडी, डडेल्धुरा, दार्चुला र कञ्चनपुरमा भने यो तिहार चैत महिनामा मनाउने गरिएको स्थानीय बुढापाकाहरु बताउँछन् ।

बडीकेदार गाउँपालिका ५ की स्थानीय अम्भादेवी कललेलकी छोरी माघीमा माइत आउन भ्याईनन् । छोरीको घरमा जान लागेकी अम्भादेवीले भनीन् ‘छोरी ज्वाँइ माघमा माइत आएनन्, त्यही भएर छोरीकै घरमा त्यार दिन जाँदै छु ।’

यहाँ माघ महिनालाई धर्मी महिनाका रुपमा लिने गरिन्छ । यो महिनामा छोरी चेली, ज्वाँइ र नाती नातीनालाई खानेकुरा तथा केही दान दक्षिणा दिए धर्म कमाइन्छ भन्ने विस्वासले गर्दा यहाँका स्थानीयले माघ महिनामा खानेकुरा तथा केही दान दक्षिणा दिने गरेको दिपायलका स्थानीय गोपाल माझीले बताए ।

उनले भने, ‘माघ महिनामा दान दक्षिणा दिए धर्म कमाइन्छ भनेर हामी छोरीलाई त्यार दिने गर्छौँ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...