विद्यालयको पढाइस्तर सुधार्न अक्षकोषका लागि २ लाख सहयोग

Paisa

बेझाड । विद्यालयको पढाइस्तर सुधार्न रामपुर नगरपालिका– १ स्थित चन्द्रोदय माध्यमिक विद्यालयमा स्थापित एक कोषका लागि सहयोगस्वरुप रू दुई लाख प्राप्त भएको छ ।

विद्यार्थीको पढाइको स्तर खस्किएको देखेर त्यसलाई सुधार्न जापानी ताकेडाले अक्षयकोष स्थापना गरेका थिए ।

सो कोषको श्रीवृद्धिका लागि अर्का जापानी काजुमासा काकीमी (ओकेबाजे) ले प्रधानाध्यापक टङ्कनाथ पोखरेललाई दुई लाखको चेक प्रदान गरे ।

उक्त विद्यालयमा एसइई परीक्षा उत्र्तीण भई विज्ञान विषय लिएर बिएसीसम्म अध्ययन गर्न इच्छुक गरीब, जेहेन्दार, विपन्न र दलित विद्यार्थीको अध्ययनका लागि उक्त कोषबाट प्राप्त व्याज रकमबाट सहयोग उपलब्ध गराइने प्रधानाध्यापक पोखरेलले बताए ।

आर्थिक अवस्था नाजुक हुँदा कतिपय विद्यार्थीले एसइई परीक्षा उत्र्तीण गरेपछि पढाइ छाडने गरेकाले ओकेबाजेकै पहलमा अक्षयकोषका लागि ताकेडाले सहयोग गरेका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...