एचआइभी एड्स परीक्षण तथा परामर्श शिविर सम्पन्न, ३७५ जना एचआइभी सङ्क्रमित

Hiv aids

गलकोट । धौलागिरि अञ्चल अस्पताल र बडिगाड गाउँपालिका बागलुङको आयोजनामा शनिबार एकदिने एचआइभी एड्स परीक्षण तथा परामर्श शिविर सम्पन्न भएको छ ।

जिल्लाको बडिगाड गाउँपालिका–५ मा रहेको ग्वालिचौरमा स्वास्थ्य चौकीमा सञ्चालन गरिएको निःशुल्क शिविरमा ४०० जनाले एचआइभी एड्स परीक्षण गराएको अञ्चल अस्पतालले जनाएको छ ।

धौलागिरि अञ्चल अस्पतालको एआरटी (एन्टी रेक्टो ट्रिटमेन्ट) सेन्टर को प्राविधिक टोलीले दुर्गम गाउँ ग्वालिचौरका स्थानीयवासीको एचआइभी एड्स परीक्षण शिविर सञ्चालन गरेको सेन्टरका प्रमुख परामर्शदाता प्रदीप आचार्यले बताए ।

जिल्लाको ग्वालिचौरमा धेरै क्षय रोगका बिरामी भएका कारण एचआइभी एड्स नमूना परीक्षण गरिएको थियो ।

एचआइभी एड्स भएका बिरामीलाई क्षयरोगको सङ्क्रमण बढी हुने गरेकाले ग्वालिचौरमै परीक्षण शिविर सञ्चालन गर्नुपरेको आचार्यले बताए ।

एआरटी सेन्टरले एचआइभी एड्स परीक्षण, परामर्श तथा औषधि समेतको सेवा दिने गर्दछ । शिविरमा एआरटी सेन्टर बागलुङका चार जना प्राविधिकले सेवा प्रदान गरेका थिए ।

बागलुङ जिल्लामा ३७५ जना एचआइभी एड्स सङ्क्रमित व्यक्ति रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...