प्रहरीद्धारा अवैध लागुऔषधसहित २ जना पक्राउ

Pakrau 12

लहान । प्रतिबन्धित लागुऔषधसहित आज बिहान लाहन नगरपालिका–३ स्थित बसपार्कबाट दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहमा सोही वडा निवासी २५ वर्षीय रामबाबु शर्मा र उदयपुरको त्रियुगा नगरपालिका–७ निवासी २७ वर्षीय आशिष सिलवाल रहेको प्रहरीले जनाएको छ ।

लहान इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा बसपार्कबाट दुबै जनालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

पक्राउ परेकाको साथबाट फेनारगन–९ एम्पुल, डाईजिल्याब नौ एम्पुल र नुफिन ८ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस्तै प्रहरीले सिरहा विष्णुपुर–५ बाट करीब रु ५० हजार मूल्य बराबरको अवैधरूपमा ल्याइएको समान बरामद गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...