जवरजस्ती करणी मुद्दामा सजाय भोगीरहेका एक कैदीको मृत्यु

Mirtu 1

झापा । जिल्ला कारागार झापामा कैद सजाय भुक्तान गरिरहेका एक जना कैदीको मृत्यु भएको छ ।

जवरजस्ती करणी मुद्दामा १० बर्ष कैद सजाय भोग्दैआएका भद्रपुर नगरपालिका–७ महेशपुरका २५ वर्षीय अनिल उरावको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

क्षयरोग सम्बन्धी बिरामी भई उरावलाई शुक्रबार साँझ ६ बजे उपचारको लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइएकोमा उपचारको क्रममा शनिबार बिहान साढे १० बजे सोही अस्पतालमा मृत्यु भएको उक्त कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...