सरस्वती पूजाको तयारीमा लागेका एक शिक्षकको करेन्ट लागेर मृत्यु

Mirtu

धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–२, साडेपानीमा करेन्ट लागेर एक शिक्षकको मृत्यु भएको छ ।

घोडाघोडी–२ को दशरथ माध्यमिक विद्यालयका २३ वर्षीय शिक्षक हुकुम जैशीको शनिबार दिउँसो करेन्ट लागेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिए ।

जैशी आइतबार रहेको सरस्वती पूजाको तयारीका लागि हरियो बाँस काट्न गएका थिए । बाँस काटेर तान्दा बासले नाङ्गो तारमा छोएर उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते भएका जैशीलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक ओलीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...