वैदेशिक रोजगारीमा गएका स्थानियको सहयोगद्धारा दाङमा एम्बुलेन्स सञ्चालन

Ambulance

दाङ । वैदेशिक रोजगारीका लागि कतारमा रहेका दाङवासीको सहयोगमा एम्बुलेन्स सञ्चालनमा आएको छ ।

दाङ देउखुरी सेवा समाज दोहा कतारको आर्थिक सहयोगमा दाङ देउखुरी सेवा समाज घोराहीले एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।

समाजले शनिवारदेखि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । नेपाल सरकारको राजस्व छुटमा १६ लाख २९ हजार ५०० रुपैयाँमा एम्बुलेन्स खरिद गरिएको समाजका आजीवन सदस्य चन्द्रबहादुर नेपालीले जानकारी दिए ।

कतारमा रहेका कमलमणि गुरागाई संयोजक रहेको आर्थिक संकलन समितिले उक्त रकम संकलन गरी एम्बुलेन्स सञ्चालनमा ल्याइएको समाजले बताएको छ ।

कतारमा काम गर्दै आएका दाङवासीले २०६८ सालदेखि स्वास्थ्य, शिक्षा, विपद् लगाएतका क्षेत्रमा सहयोग गर्दै आएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...