प्रहरीद्धारा ३ सय ६० किलो अवैध चरेशसहित ३ जना पक्राउ

3 jana pakrau

धादिङ । धादिङको गजुरीबाट ३ सय ६० किलो चरेशसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय लागु औषध नियन्त्रण ब्युरोबाट खटेको टोलीले भारतीय कन्टेनरबाट ठुलो मात्रामा चरेश बरामद गरेको हो ।

प्रहरीले भारत मोतिहारीका गुलाव खान, चालक ओमप्रकाश र सहचालक मुर्फा बलारालाई नियन्त्रणमा लिएको छ ।

भारत लैजान लागेको अवस्थामा सो चरेश नियन्त्रणमा लिइएको डिआइजी दिनेश अमात्यले जानकारी दिए।

प्रहरीले यसअघि भारत लैजान लागेकै अवस्थामा २ सय ३५ केजी चरेश बरामद गरेको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...