मन्तव्य राखेर आसनमा नपुग्दै मञ्चमै ढले गाउँपालिका अध्यक्ष

Nemwang

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्वाङ मञ्चमै ढलेका छन् ।

घुर्बिसे पञ्चमीमा आयोजित तीनदिने क्षमता विकास तालिमको समापन कार्यक्रममा सहभागी भएका उनी मन्तव्य राखेर आफ्नो आसनमा नपुग्दै ढलेको प्रत्यक्षदर्शी पत्रकार महासंघ पाँचथरका अध्यक्ष लवदेव ढुङ्गानाले बताए ।

उनलाई बोकेर तत्काल स्वास्थ्यचौकी र्पुयाए पनि त्यहाँ थप उपचार हुन नसकेपछि प्रारम्भिक उपचार गरेर इलामतर्फ लगिएको छ ।

उनी अचेत अवस्थामा रहेको स्थानीयले बताएका छन् । प्रारम्भिक उपचारमा उनको बीपी कम देखाएको स्थानीयले बताए । वडाको आयोजनामा उपभोक्ता समितिले क्षमता विकास तालिम राखेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...