सुर्खेतमा चट्याङ लाग्दा एकजना घाईते, ३ पशु चौपाया मरे

Chattang 122

सुर्खेत । चट्याङ लागेर सुर्खेतमा तीन वटा पशु चौपाया मरेका छन् । चिङ्गाड गाउँपालिका–३ कालामाटास्थित टिके कामीको घरमा बिहिबार राति चट्याङ लागेर दुईवटा भैँसी र एक गोरु मरेका छन् ।

उनका दुई वटा घरमा चट्याङ लागेको थियो। एक घर क्षतिग्रस्त बनेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

चट्याङबाट टिके कामीकी श्रीमति ४५ बर्षीया झुपी कामी सामान्य घाईते भएकी छन् । उनको मटेला स्वास्थ्य केन्द्रमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

यस्तै, शुक्रबार राति नै चिङ्गाड गाउँपालिका–५ मा रामबहादुर रानाको घरको छतमा राखेको सोलारमा चट्याङ लागेको छ ।

चट्याङबाट सोलारका सम्पूर्ण सामग्रीसंगै वायरिङ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस