प्रधानाध्यापकको कुटाईबाट विद्यार्थी घाइते, प्रअविरुद्ध प्रहरीमा उजुरी

Student kutpit

पाँचथर । प्रधानाध्यापकको कुटाईबाट घाइते भएका विद्यार्थीका बावुले प्रधानाध्यापकविरुद्ध प्रहरीमा उजुरी गरेका छन् ।

फिदिम माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गाराज खत्रीको कुटाईबाट घाइते भएका कक्षा ९ मा अध्ययनरत विद्यार्थी रोहित राईका बुवा सञ्जय राईले शुक्रवार प्रहरीमा उजुरी दिएका हुन् ।

छोराको स्वास्थ्योपचारका लागि घाउ जाँचको प्रवन्ध मिलाई आवश्यक कागजात तयार गरिदिन प्रधानाध्यापक खत्रीलाई कानून बमोजिम कारबाही गर्न माग गर्दै राईले प्रहरीमा उजुरी दिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरका अनुसार कुटपिटबाट घाइते भएका विद्यार्थीलाई उपचारका लागि झापाको बिर्तामोड लगिएको छ ।

विद्यार्थी बस्ने बेञ्च बङ्ग्याएको आरोपमा कक्षा ९ का विद्यार्थीलाई प्रधानाध्यापक खत्रीले कुटपिट गरेका थिए ।

यस क्रममा राईले आफू उक्त काममा संलग्न नरहेको बताएपछि प्रधानाध्यापक खत्रीले उनीमाथि थप कुटपिट गरेको विद्यार्थीको भनाइ छ ।

प्रतिकृया दिनुहोस