सप्तरीमा दाँतले टोकेर बिजुली मर्मत गर्न लाग्दा करेन्ट लागी एक जनाको मृत्यु

Cuerent 2

राजविराज । दाँतले टोकेर बिजुली तार बनाउन लाग्दा करेन्ट लागी सप्तरीका किसुनदेव शर्माकोे मृत्यु भएको छ । सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिका ४ का ४५ वर्षीय किसुनदेब शर्माको करेण्ट लागेर शुक्रबार राती मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

करेण्ट लागी घाइते भएका शर्मालाई उपचारका लागि राजविराज ल्याउने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका एसपी राजेन्द्र विष्टले बताए। बिजुली गएको मौका छोपी बिजुली तार जोड्न खोज्दा उनलाई अचानक आएको विद्युतले करेन्ट लागेको थियो ।

करेन्ट लागेर उनी बेहोस भएका थिए । गाउँमा भइरहेको हनुमान आराधना पूजाको भजन किर्तनका लागि स्पिकर साउण्डको तार दाँतले टोकेर बनाइरहेकै बेला अचानक बिजुली आएर करेन्ट लाग्दा उनको मृत्यु भएको भाइ राजेश्वर शर्माले बताए ।

शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित अञ्चल अस्पतालमा राखिएको छ । मृतकका छोरा वैदेशिक रोजगारका लागि दुबईमा रहेकाले उनी आएपछि मात्र पोष्टमार्टम हुने परिवारका अन्य सदस्यले बताएका छन् ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...