समितिले विद्यार्थीलाई समकक्षता नदिँदा समस्या

Student 1211

काठमाडौँ । भारतको लखनउस्थित बोर्ड अफ सेकेन्डरी संस्कृति एजुकेशनबाट संस्कृतिमा पूर्वमध्यमा (प्रवेशिका परीक्षा सरह) उत्तीर्ण गरेका विद्यार्थीलाई नेपालमा समकक्षता प्रदान नगर्दा समस्या भएको छ ।

पाठ्यक्रम विकास केन्द्र अन्तर्गत समकक्षता निर्धारण समितिले पूर्वमध्यमा अध्ययन गरेका विद्यार्थीलाई समक्षकता प्रदान नगर्दा समस्यामा परेको संस्कृतिका प्राध्यापक आकाश निलमले जानकारी दिए ।

उनले पहिले समकक्षता प्रदान गरेर पनि २०७३ सालबाट कार्य नगर्दा करीब दुई सय विद्यार्थी समस्यामा परेको बताए । सम्पूर्णानन्द संस्कृति विश्वविद्यालय अन्तर्गत उक्त बोर्डले संस्कृति विषय पढाउने गरेको छ ।

उनले विद्यार्थीले नेपालमा माथिल्लो तहमा पढ्न पाए पनि जागिर खान नपाएको बताए । अहिले पनि संस्कृति पढ्न करीब पाँच हजार विद्यार्थी भारत जाने गरेक छन् ।

समितिका शाखा अधिकृत रुद्रराम रेग्मीले ती विद्यार्थी पढेको बोर्ड काउन्सिल अफ बोर्ड सेकेण्डरी एजुकेशनले कालोसूचीमा राखेकोले समकक्षता प्रदान नगरिएको बताए ।

‘अहिले उक्त बोर्डलाई भारत सरकारले कालोसूचीमा राखेको छ’ उनले भने, ‘कालोसूचीमा राखिएकोले हामीले अहिले समकक्षता दिन बन्द गरेका हौ ।’

उनले उक्त बोर्ड कालोसूचीमा परेका बारेमा परराष्ट्रमन्त्रालय हुँदै भारत सरकारसँग स्पष्ट धारणा माग गरिएको बताए । समितिले प्रवेशिका परीक्षासम्मको समकक्षता प्रदान गर्ने गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...