अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा गेस्ट हाउस सञ्चालकसहित ८ जना पक्राउ

3 jana pakrau

काठमाडौँ । प्रहरीले यौन धन्दा गराएको आरोपमा एक गेस्ट हाउस सञ्चालकलाई पक्राउ गरेको छ ।

सूर्यविनायक नगरपालिका-८ आदर्शस्थित कस्तुरी चमेना गृह गेस्ट हाउसमा यौन धन्दा हुने गरेको भन्ने गोप्य सूचनाका आधारमा सञ्चालक गोतामेलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रहरी अधिकृतसमेतको टोलीले खानतलासी गर्दा सो गेस्ट हाउसबाट अनैतिक क्रियाकलापमा संलग्न रहेकै अवस्थामा ४ महिला र ४ पुरुष गरी ८ जनालाई पक्राउ गरेको परिसरका सूचना अधिकृत रेवतीरमण पोखरेलले जनाए ।

कोठाभित्र अन्य प्रमाणसमेत बरामद गरी गेस्ट हाउस सञ्चालक तादी गाउँंपालिका-२ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने वर्ष ४५ वर्षिय गोमालाई समेत पक्राउ गरी जिल्ला अदालत भक्तपुरमा पेस गरिएकोमा म्याद थप गर्दै अनुसन्धान भइरहेको जनाइएको छ ।

 

प्रतिकृया दिनुहोस