विद्यालयको ५५ रोपनी जग्गा अस्पताललाई प्रदान

Jagga

बलेवा । नेपाल सरकारले ल्याएको ‘एक स्थानीय तह एक अस्पताल’ कार्यक्रमका लागि जैमिनी नगरपालिकाले जग्गा उपलव्ध गराउने भएको छ ।

जैमिनी नगरपालिकाको चौथो नगरसभाले नगरपालिका–८ छिस्तीस्थित छिस्ती निमाविको १२ रोपनी जग्गा अस्पतालका लागि उपलव्ध गराउने निर्णय भएको नगर प्रमुख ईन्द्रराज पौडेलले जानकारी दिए ।

तत्कालका लागि छिस्तीमा रहेका स्वास्थ्य चौकीले भोगचलन गर्न पाउनेगरी विद्यालयको जग्गा अस्पतालका लागि दिने निर्णय गरिएको पौडेलले बताए ।

सरकारको निर्णय बमोजिम निर्माण हुने अस्पताल कम्तीमा १५ श्ययाको हुने भएकाले त्यसका लागि आवश्यक सबै भौतिक संरचना निर्माणका लागि आवश्यकपर्ने जग्गा पुग्नेगरी विद्यालयको जग्गा उपलब्ध गराउने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले बताए ।

कालीगण्डकी कोरिडोर छेउमा रहेको सो विद्यालयसँग प्राप्त जग्गा रहेकाले उपयोगमा नआएको जग्गा अस्पताललाई दिने निर्णय गरिएको हो ।

झण्डै ५५ रोपनीमा फैलिएको विद्यालयको १२ रोपनी जग्गा मात्रै अस्पताललाई दिँदा विद्यालयलाई कुनै असर नपर्ने नगर प्रमुख पौडेलले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...