बुहारीले ढुंग्री प्रहार गर्दा आफ्नै ससुराको ज्यान गयो

Mirtu

ओखलढुंगा । सिद्धिचरण नगरपालिका ५ रुम्जाटारमा बुधवार राति आफ्नै बुहारीले फलामको ढुंग्री प्रहार गर्दा ससुराको मृत्यु भएको छ ।

ढुंग्री प्रहारबाट सोही स्थान बस्ने ७० वर्षिय रामकाजी गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राती ९ बजेको समयमा अंशबण्डाको विषयमा वादविवाद हुँदा उनलाई आफ्नै बुहारी ३० वर्षिय तारादेवी गुरुङले फलामको ढुंग्रीले टाउकोमा प्रहार गरेकी हुन् ।

ढुंग्री प्रहारबाट गुरुङको घटनास्थलमा नै मृत्यु भएको हो ।

घटनाको जानकारी पाउना साथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगा र विमानस्थल सुरक्षा गार्ड रुम्जाटारबाट प्रहरी टोली गई ढुंग्री प्रहार गर्ने बुहारीलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...