जनही ५ हजारका दरले एकल पुरुषलाई भत्ता वितरण सुरु

Vatta yekal

रामेछाप । अब एकल पुरुषलाई पनि सामाजिक भत्ता दिन सुरु गरेको छ । खाँडादेवी गाउँपालिकाले गाउँपालिकाले वडानम्बर ३ भिरपानीबाट भत्ता वितरण सुरु गरेको हो ।

बुधबार भिरपानीका २५ जना एकल पुरुषहरुलाई जनही ५ हजारका दरले सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङ र उपाध्यक्ष मखमली श्रेष्ठले संयुक्त रुपमा रकम हस्तान्तरण गरेका छन् ।

वडा अध्यक्ष पुष्कर कुमार कार्कीका अनुसार अब हरेक वर्ष सो वडाका एकल पुरुषलाई भत्ता दिइने छ । श्रीमतीको मृत्युपछि अर्को विवाह नगरेका र बिहे नै नगरेका ५० वर्ष पुरुषलाई भत्ता वितरण गरिने वडा अध्यक्ष कार्कीले बताए ।

गाउँपालिकाबाट कार्य्विधि पास गरेर अर्को वर्ष रकमसमेत वृद्धि गरेर सबै एकल पुरुषहरुलाई भत्ता दिने योजना रहेको गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले बताए ।

गाउँपालिकाले वर्षमा एक पटक दिने ५ हजार रुपैयाँले केही नहुने भए पनि आफूहरु माथिको सम्मान भएको एकल पुरुष ज्ञानबहादुर तामाङले बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...