आग्नी पीडित खड्कालाई कोरियाबाट सहयोग प्रदान

Paisa

म्याग्दी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका आगलागी पीडित भूपेन्द्रबहादुर खड्कालाई कोरियाबाट रु ४५ हजार आर्थिक सहयोग प्राप्त भएको छ ।

मातृभूमि सेवा समाज कोरियाका सहसचिव खिमबहादुर खड्काको पहलमा शाखाले रु ४५ हजार सहयोग प्रदान गरेको हो ।

उक्त सहयोग गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले पीडित परिवारलाई घरमै पुगेर हस्तान्तरण गरेका छन् ।

माघ ११ गते शुक्रबार विद्युत् ‘सर्ट’ भई आगलागी हुँदा एक्सिलेन्ट भ्यू लज एण्ड रेष्टुरेन्ट सञ्चालन गरिएको एकतले, पाँचकोठे घर पूर्णरूपमा जलेर नष्ट हुँदा करीब रु २० लाख बराबरको क्षति भएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...