समाजसेवीद्धारा विद्यालयमा तीन लाख ५२ हजारको अक्षयकोष स्थापना

Akchhaye kosh

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा रहेको असिग्राम माध्यमिक विद्यालयमा दुई समाजसेवीले रु तीन लाख ५२ हजारको अक्षयकोष स्थापना गरेका छन् ।

सशस्त्र प्रहरी नायब उपरीक्षक पदमा कार्यरत वीरेन्द्रबहादुर ऐरले रु एक लाख ५१ हजार र अमेरिकामा बस्दै आएका धर्म्सिंह साउदले स्वर्गीय बुबा खडकसिंह साउदको स्मृतिमा रु दुई लाख एक हजारको अक्षयकोष स्थापाना गरेका हुन् ।

अक्षयकोष स्थापना गर्नुहुने दुवैले आर्थिक रूपमा विपन्न, जेहेन्दार, दलित र जनजातिका बालबालिकाको पढाइमा सहजता ल्याउने उद्देश्यले अक्षयकोष स्थापना गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करनसिंह ऐरले बताए ।

अक्षयकोष स्थापना गर्ने सशस्त्र प्रहरीको नायब उपरीक्षक ऐर सोही ठाउँका स्थानीय बासिन्दा हुन् । उनले तलबबाट बचाएको रकम विद्यालयमा पढ्दै आएका बालबालिका लागि अक्षयकोषमार्फत उपलब्ध गराउन पाउँदा खुशी भएको बताए ।

अमेरिका बस्दै आएका साउदसमेत सोही ठाउँका स्थानीय बासिन्दा हुन । विसं २०४५ मा स्थापना भएको विद्यालयमा पढ्दै आएका २९५ विद्यार्थीमध्ये ७० प्रतिशत बालबालिका दलित र जनजाति समुदायका रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...