संरक्षण अभावमा दानुवा ताल जीर्ण बन्दै

Bardiya

धम्बोझी । बर्दियाको ठाकुरबाबा नगरपालिकामा रहेको संरक्षण अभावमा दानुवा ताल जीर्ण बन्दै गएको छ ।

चुरे पहाडभित्र बर्दिया राष्ट्रिय निकुञ्जको भूभागमा रहेको उक्त ताललाई कसैले चासो नदिएको ठाकुरबाबा नगरपालिका–१ कर्मला गाउँकी विमला चौधरीले बताए ।

उनका अनुसार सन् १९५८ भन्दा अघि नै उक्त तालमा पहाडमा खरखराई कटान जङ्गलमा घाँस दाउरा गर्न गएका बेला मानिसले पानी खाना जाँदा त्यहाँ दानवहरुको समेत बस्ती रहेका कारण दानुवा ताल नामाकरण भएको थारू पुर्खाहरुको भनाइ छ ।

सो तालमा बाहै्र महीना अहिले पनि पानी जमिरहेको हुन्छ । निकुञ्जभित्रको जङ्गलमा रहेको दानुवा तालमा जङ्गली जनावरसमेतले पानी खाने गरेका छन् ।

तालको संरक्षण नहुँदा वरिपरि झार उम्रिएको छ । पानी परेपछि चुरे पहाडबाट झरेको सबै पानी सोही तालमा जम्मा हुन्छ ।

सुनसान र घनघोर जङ्गलमा आकाशमा चीरवीर चराहरुको मात्रै आवाज आउँछ, जङ्गली जनावर मात्रै यो ताल वरिपरि देखिन्छन् ।

यो ताल वरिपरि मान्छे कोही नजिक पर्दैनन्, जाँदा पनि डराइडराइ हेर्न जान्छन् । ताल कहिलेदेखि बनेको हो आधिकारिक कसैलाई थाहा छैन ।

बर्दियाको सम्पत्तिको रुपमा रहेको यो दानुवा ताललाई राज्यले संरक्षण गर्नुपर्ने ठाकुरबाबा नगरपालिका स्थानीयवासीको भनाइ रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...