सिरियामा भवन भत्कँदा कम्तिमा ११ जनाको मृत्यु

Death

काठमाडौं । सिरियाको एलेप्पोमा एक भवन भत्कँदा ११ जनाको मृत्यु भएको छ । युद्धका कारण क्षतिग्रस्त बनेको भवन भत्कँदा चार जना बालबालिकासहित ११ जनाको मृत्यु भएको हो । भवनमा च्यापिएका एक बालकको भने उद्धार गरिएको छ ।

बम बिस्फोटका कारण जीर्ण बनेको भवन एक्कासी भत्किएको हो । सिरियाको एलेप्पो शहरमा रहेका अधिकांश भवन जीर्ण बनेकाले भत्कने गरेका छन् ।

सिरियामा जारी द्वन्द्वको मारमा परेका हजारौं नागरिक जीर्ण भवनमा बस्न बाध्य छन् । सन् २०१७ मा मात्रै ३५ हजार भवन जीर्ण बनेको संयुक्त राष्ट्रको तथ्यांकमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...