व्यक्तिगत रिसीवीका कारण बाँसले हानेर एक जनाको हत्या

Mirtu balak

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिकामा व्यक्तिगत रिस इवीका कारण एक जनाको हत्या भएको छ ।

खाँदबारी नगरपालिका–६ तल्लो पाङठा जलजलेटोल बस्ने ५० वर्षीय नरबहादुर भण्डारीले केही समय अगाडिको व्यक्तिगत रिसको कारणले त्यसै वडा बस्ने ४४ वर्षीय बमबहादुर न्यौपानेलाई बाँसको आग्लोले पटक–पटक टाउकोमा प्रहार गरी कर्तव्य गरी ज्यान लिएको संखुवासभाका प्रहरी निरीक्षक रामेश्वर पण्डितले बताए ।

उनीका अनुसार, शुक्रबार राति साढे ८ बजेतिर कारणले भण्डारीले न्यौपानेलाई कुटपिट गरेका थिए । कुटपिटबाट टाउकोमा गहिरो चोट लागेका न्यौपानेको मृत्यू भएको हो ।

भण्डारीलाई प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । त्यस्तै न्यौपानेको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल खाँदबारीमा ल्याइएको प्रनि पण्डितले जानकारी दिए ।

घटनास्थल सदरमुकाम खाँदबारीबाट करिब डेढ घण्टाको दूरीमा पर्दछ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...